आज संसदमा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने सूचना प्रविधि विधेयक पेश हुँदै

-- / प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०७७

काठमाडौं – आज प्रतिनिधिसभा संसदमा सूचना प्रविधि विधेयक पेश हुने भएको छ ।विकास तथा प्रविधि समितिले काँग्रेसवाहेकका सांसदको बहुमतबाट पारित विधेयकको प्रतिवेदन आज प्रतिनिधिसभामा पेश गर्न लागिएको हो ।विधेयकमा सामाजिक सञ्जालमा लेखेवापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको छ ।
विधेयककमा मौलिक हक अन्तर्गत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालको प्रावधान रहेको भन्दै सरकारको चर्को आलोचना भएको थियो।विधेयकमा अनलाइन,फेसबुक,ट्वीटर,टिकटक जस्ता सामाजिक सञ्जालमा सरकार र मन्त्रीहरुको विरोधमा लेखेकै वा बोलेकै भरमा समेत ५ वर्ष जेल र १५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

प्रमुख प्रतिपक्षी सरकारको विरोधका वावजुद सरकारले ल्याएको विधेयकलाई समितिबाट माओवादी र एमालेका सांसदहरुले २०७६ पुस दोस्रो साता पारित गरेका थिए । विधेयकको त्यही प्रतिवेदन आज प्रतिनिधिसभा संसदमा पेश गर्ने कार्यसूची छ।