नेपाल आयल निगमको गेटमा शान्ति पुर्ण धर्नामा दिईरहेका नेपाली काँग्रेस (वी पी) का नेता कार्यकर्ता पक्राउ

-- / प्रकाशित मिति : बुधबार, चैत्र २५, २०७७

काठमाडौं – नेपाल आयल निगमले पटक पटक मनोमानी ढंगले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको भन्दै सोमबारदेखि शान्ति पुर्ण धर्ना दिईरहेका नेपाली काँग्रेस (वी पी) नेता कार्यकर्तालाई आज प्रहरीले गिरफ्तार गरि पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ ।

प्रहरीले गिरफ्तार गरिएका नेताकार्यकर्ताहरु पार्टी केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला सभापति श्यामबहादुर गुरुङ , पार्टी केन्द्रिय सदस्य तथा तरुण दल (वी पी) केन्द्रिय अध्यक्ष प्रधुम्न कार्कि, पार्टी केन्द्रिय सदस्य तथा ट्रेड युनियन सह–संयोजक दुर्गा घिमिरे , पार्टी केन्द्रिय सदस्य तथा तरुण दल (वी पी) केन्द्रिय सह–संयोजक रोमन पुरि , तरुण दल (वी पी) केन्द्रिय सचिव सर्वजित शेरचन, तरुण दल (वी पी) केन्द्रिय सदस्य विरबहादुर बम्जन, नेपाल महिला संघ (वी पी) केन्द्रिय सदस्य धना आचार्य ,ललितपुर क्षेत्र नम्बर २ क्षेत्रीय सभापति रुकुमणि श्रेष्ठ लगायत पार्टी केन्द्रिय कार्यालय सचिव सुशिलराज वाग्ले रहेका छन्।

बिहान करिब ११:०० बजे वार्ताको लागि बोलाएर शान्ति पुर्ण धर्ना दिइरहेको बेला गिरफ्तार गरिएकोले पक्राउ परेकालाई बिना शर्त रिहाई सहित आयल निगमले गल्ती स्वीकार गरि माफि नमागे सम्म वार्ता नहुने र आन्दोलन जारी राख्ने नेपाली काँग्रेस (वी पी) का सचिव सुशिल वाग्लेले जानकारी दिनुभएको छ ।