सुरक्षा परिषद्को बैठक सकियो,

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकिएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न नियमित बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नियमित बैठक भनिए पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच हिजो भेटवार्ता हुनुले पनि आजको बैठकलाई अर्थपूर्ण मानिएको छ ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुनु भएको थियो ।
समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौ-आकर्षक तलब सहित गुराँस लाइफ इन्स्योरेन्सले नायव सुब्बा प्रमुख कार्यकारी अधिकृत...
बिहिबार, फाल्गुन २०, २०७७

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २...
आइतवार, फाल्गुन १६, २०७७

काठमाडौं- निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री...
मङ्लबार, फाल्गुन ११, २०७७
ताजा खबर

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी...

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा...

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव...

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश...
लोकप्रिय