“डडेल्धुरा जिल्लाको परशुराम नगरपालीमा आलु रोप्ने मेशिन र धान काटने मेशिनको प्रयोग प्रदर्शन”

-- / प्रकाशित मिति : बुधबार, अशोज ७, २०७७

दिपायल – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय डडेलधुराका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत खेमराज जोशीका अनुसार डेल्धुरा जिल्लाको परशुराम नगरपालीमा आलु रोप्ने मेशिन र धान काटने मेशिनको प्रयोग प्रदर्शन भएकाे छ ।

नगरपालीको सन्दर्भमा दुबै मेशिन उपयोगि हुने देखियो । अलिक ठुलो र लामो प्लट भएको खेतमा दुबै मेशिन गज्जबले काम गरेको हुदा यो किसानका लागी धेरै उपयोगि हुने कृषि विकास अधिकृत जोशी ले बताउनु भयाे  ।

कृषि विकास निर्देशनालय दिपायलका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार मेशिनको प्रयोग प्रदर्शनी पछि किसानले सिचांइका लागि पानी ब्यबस्थापना का लागि मात्र गर्हा र प्लट को साइज निर्धारण गर्ने गरेको भएता पनि अब भने यान्त्रीकरण लाइ ध्यान दिइ गर्हा र प्लट बनाउनु पर्ने बताउनु भएको छ ।