मङ्गल ग्रहमा हेलिकप्टर

-- / प्रकाशित मिति : मङ्लबार, बैशाख ७, २०७८

काठमाडौं–अमेरिकी अन्तरिक्ष संस्था नासाले मङ्गल ग्रहमा हेलिकप्टर उडाउन सफल भएको छ।

इन्ज्युनिटी नामको यो एक सानो ड्रोन हेलिकप्टर हावामा एक मिनेटभन्दा कम समयका लागि तैरिएको थियो । तर नासाले यसलाई निकै ठूलो उपलब्धिका रुपमा लिएको छ ।

पृथ्वीबाट सञ्चालित र नियन्त्रित गरेर अन्य ग्रहमा मानव निर्मित यान उडाइएको यो नै पहिलो घटना भएकाले नासाले यसलाई ठूलो उपलब्धि मानेको हो।

मङ्गल ग्रहको एक उपग्रहको माध्यमबाट हेलिकप्टरको डाटा पृथ्वीमा पठाएपछि यसको पुष्टि भएको हो ।नासाले आउँदा दिनमा अरू साहसी उडान देख्न पाइने विश्वास व्यक्त गरेको छ । नासाका अनुसार प्रविधिको सीमा र इन्जिनियरहरूद्वारा जाँच गरिएपछि इन्ज्युनिटीलाई अझ माथि र लामो उडान गर्न निर्देशन दिइएको छ ।