देशभरि वायु प्रदूषण अझै कायमै, बाहिर ननिस्कन विज्ञको सुझाव

काठमाडौं – काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ ।
वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गर्नुभयो ।
उहाँले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गर्नुभयो ।
वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौं–अमेरिकी अन्तरिक्ष संस्था नासाले मङ्गल ग्रहमा हेलिकप्टर उडाउन सफल भएको छ। इन्ज्युनिटी...
मङ्लबार, बैशाख ७, २०७८

सुर्खेत-कर्णाली प्रदेशका तीन मन्त्रीले आज सामुहिक राजिनामा दिनुभएको छ । नेकपा एमालेले...
मङ्लबार, चैत्र २४, २०७७

काठमाडौं-दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम...
आइतवार, चैत्र १५, २०७७
ताजा खबर

काठमाडौं – सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र...

काठमाडौं- हिजोको खेलमा नेपालले दिएको २ सय ७ रनको...

बाँके- जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबारको...
लोकप्रिय

काठमाडौं – सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र...

काठमाडौं- हिजोको खेलमा नेपालले दिएको २ सय ७ रनको...

बाँके- जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबारको...