धैर्य गर्नुस् राम्रो नतिजा ल्याउँछौं ,अबदुल्लाह अलमुताइरी

-- / प्रकाशित मिति : आइतवार, जेष्ठ १६, २०७८

काठमाडौं – इराकसँगको मैत्रीपूर्ण खेलमा पराजित भएपछि नेपालका फुटबल प्रशिक्षक अबदुल्लाह अलमुताइरीले निराश नहुन आह्वान गरेका छन् । कुवेती प्रशिक्षक अलमुताइरीले राम्रो नतिजाका लागि केही समय धैर्य गर्न आग्रह गरे।

उनले भने, ‘हामीले आज २ गोल गरेर खुशी मनायौं तर अब धरै खुशी बनाउँछौं । केही समय पर्खनुस्, हामी राम्रो गर्छौं । हामी विश्वकप छनोटका लागि तयार हुन्छौं ।नतिजा राम्रो दिन नसक्नुको दोष आफूले लिने भन्दै उनले माफीसमेत मागे।

खेल सकिएपछि प्रतिक्रिया दिंदै उनले भने, ‘सबैसँग माफी माग्छु, राम्रो रिजल्ट भए । हारको दोष म लिन्छु, खेलाडीलाई दबाब नदिनुस् इराकको बसरास्थित अल फायना स्टेडियममा गएराति भएको खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो  । नेपाली फुटबल टिमको प्रशिक्षण सम्हालेपछि अलमुताइरीको यो पहिलो खेल थियो ।डेब्यू खेलमा गोल गरेका मनिस डाँगीले राम्रो अनुभव हासिल गरेको भन्दै भविष्यमा अझै राम्रो खेल्ने जनाकारी दिए ।