पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

-- / प्रकाशित मिति : सोमवार, बैशाख २०, २०७८

काठमाडौं – दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग ९आईपीएल० टी(ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदाबादमा पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस जितपछि दिल्लीले ८ खेलबाट १२ अंक जोड्दै चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरमाथि २ अंकको स्पष्ट अग्रता बनाएको छ । बेंगलोरले सोमबार कोलकता नाइट राइडर्ससँग खेल्दैछ । सिजनको पाँचौ हारपछि ८ खेलबाट ६ अंक रहेको पञ्जाब छैटौं स्थानमा छ ।

दिल्लीका लागि ओपनर शिखर धवनले अविजित रहँदै सर्वाधिक ६९ रन बनाए । उनले ४७ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । यस्तै अर्को ओपनर पृथ्वी शले ३९ रन जोडे । स्टिभ स्मिथ २५ र कप्तान ऋषभ पन्त १४ रन बनाएर आउट भए । शिमरोन हेतमायरले ४ बल खेल्दै एक चौका र दुई छक्का मद्दतमा अविजित १६ रन बनाए ।

पञ्जाबका रिले मेरेडिथ, हरप्रित ब्रार र क्रिस जोर्डनले १–१ विकेट लिए ।

त्यसअघि अग्रवालले ५८ बल खेल्दै ८ चौका र ४ छक्का मद्दतमा अविजित ९९ रन बनाएका थिए । यस्तै आईपीएलमा डेब्यु गरेका विश्व नम्बर वान टी–२० ब्याट्सम्यान डेविड मालानले २६ बलमा २६ रन बनाए ।

दिल्लीका कागिसो रबाडाले ३ तथा आभेष खान र अक्सर पटेलले १–१ विकेट लिए ।