राजस्थानले दियो हैदरावादलाई २२१ रनको लक्ष्य

-- / प्रकाशित मिति : आइतवार, बैशाख १९, २०७८

एजेन्सी – ईन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (आईपीएल) मा राजस्थान रोयल्सले जितका लागि सनराइजर्स हैदरावादलाई २ सय २१ रनको लक्ष्य दिएको छ ।

दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रन बनायो ।

राजस्थानका लागि जोस बट्लरले १ सय २४ रनको शतकीय इनिङ्स खेले । आईपीएलमा पहिलो शतक बनाउने क्रममा उनले ६४ बलमा ११ चौका र ८ छक्का प्रहार गरे ।

त्यसअघि बट्लरले ५६ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । यस्तै कप्तान सन्जु सामसनले ४८ रनको योगदान दिए । यास्भी जैशवाल १६ रनमा आउट हुँदा रियान परागले अविजित १५ रन बनाए ।

हैदरावादका सन्दीप शर्मा, राशिद खान र विजय शंकरले १÷१ विकेट लिए ।