सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

-- / प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०७७

काठमाडौं – सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ।एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे १२ बजे प्लानिङ ब्वाइज युनाइटेड र सानेपा क्लबबीच खेल हुँदैछ ।

समूह बी मा रहेको प्लानिङले चार खेल खेल्दै दुई अङ्क जोडेको छ भने सानेपाले पाँच खेलमा दुई अङ्क जोडेको छ । यस्तै दिउँसो साढे तीन बजे वीरगञ्ज युथ एकेडेमी र मनोहरा युनाइटेड क्लबबीच खेल हुँदैछ ।