अपशब्द बोल्ने डिएसपी शाही माथि अनुसन्धान गर्न माग

-- / प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०७७

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य स्थिर रहेको समयमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिको विरोध गर्दै नेपाली काँग्रेस (वि.पी.) ले खाद्यान्न लगाएतका सबै बस्तुमा मुल्य वृद्धि भएकोले अनुगमनको लागि सम्बन्धित निकाए लाई ध्यानाकर्षण गराउन सबै राजनैतिक दल संघ संगठनलाई आह्वान गरेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेको भन्दै सोमबार देखि निगमको गेटमा शान्तिपूर्ण धर्नामा बसी मुल्य वृद्धि खारेजको माग गर्दै आएकोे पार्टीका नेताकार्यकर्तालाईलाई नेपाल आयल निगमले बुधबार बिहान ११ बजे वार्ताको लागि बोलाए पछि वार्ताको तयारी गर्दै गर्दा बिहान १०ः०० बजे प्रहरीद्वारा गिरफ्तार गराए पछि पार्टीले आज आकस्मिक बोलाएको थियो । बैठकमा नेपाल नागरिक अभियानको समेत सहभागी रहेको थियो ।
नेपाली काँग्रेस (वि.पी.) ले आफू वार्ताको लागि तयार रहदा रहदै प्रशासन प्रयोग गरि आपना नेताकार्यकर्तालाई गिरप्तार गरी धरपकड गरेकोमा आपत्ति जनाएको छ ।
पार्टीले भनेको छ वार्ताको लागि तयार भएको समयमा प्रशासन प्रयोग गरि आपना नेताकार्यकर्तालाई गिरप्तार गरी नेपाल प्रहरीका डी.एस.पी. सुधिर शाहीले अपशब्द प्रयोग गरिएकोले आपत्ति जनाउदै अमर्यादित व्यहार गरि अपशब्द बोल्ने डिएसपी शाहीलाई अनुसन्धान गर्न माग गरेको छ ।
समस्याको समाधान वार्ताबाट नै हुने तर आयल निगम र प्रशासनले नै वार्ता नचाहेको भन्दै शुक्रवार बिहान ११ः४५ देखि आयल निगम गेटमा विरोधका आन्दोलनका कार्यक्रम घोषणा गरेको कार्यालय सचिव सुशिलराज वाग्लेले जानकारी दिए ।