नेपाल आयल निगमसँग वार्ता निष्कर्ष बिहिन, नेपाली काँग्रेस (वी पी) को आन्दोलन जारी

-- / प्रकाशित मिति : मङ्लबार, चैत्र २४, २०७७

काठमाडौं –नेपाल आयल निगमकाले पटक पटक मनोमानी ढंगले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको भन्दै सोमबारदेखि आन्दोलित नेपाली काँग्रेस (वी पी)ले आज विहान  करिब ९.३० बजे देखि  निगमको गेटमा धर्ना सुरु गरेको हो।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको गेटमा धर्ना सुरु भएसंगै निगमले वार्ताको लागि १.२५ बोलाएको  भएता पनि वार्ता भने निष्कर्ष बिहिन भएको छ।महानिर्देशक अनुपस्थित भएको भन्दै वार्तामा सहभागी कर्मचारी बाहिरिए संगै वार्ता निष्कर्ष बिहिन भएको हो ।

नेपाली काँग्रेस (वी पी) का सचिव सुशिल वाग्लेका अनुसार महानिर्देशकसँग समय लिगेर पून् वार्ता गर्न र आफना माग पुरा नभए सम्म  आन्दोलन जारी राख्ने उनले जनाएका छन्।नेपाल आयल निगमले नोक्सान भएको भन्दै आइतबार मध्यरातिबाट लागु हुने गरि पेट्रोल र डिजेलमा २ /२ रुपैयाँ दरले वृद्धि गरेको  थियो ।