मेलम्चीको पानी काठमाडौ बासिको घर-घरमा पुगे पछि जस लिन होडबाजी

-- / प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०७७

काठमाडौ – मेलम्चीको पानी काठमाडौ बासिको घर-घरमा पुगे पछि जस लिन होडबाजी चलेको देखे पछि केहि लेख्न मन लाग्यो आज भन्दा ३० बर्ष पहिला सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौ ल्याएर काठमाडौ बासिलाई खुवाउछु भन्दा हास्यास्पदरूपमा कृष्ण प्रसाद भट्टराईलाई उडाउने र आकाशे तथा सपनाको खेती भन्ने विपक्ष एवं पटकपटक किसुन जिलाई पार्टीमा भुमिका बिहिन बनाउदै अन्तिममा उहाँलाई पार्टी छोड्न बाध्य पार्दै सिद्धान्त बिहिन भएको पार्टीले जस लिन खोज्नु कतिको जाहेज होला रु यि सबै घटनालाई सबै काठमाडौ बासिले नजिकबाट बुझे कै छन ।

तसर्थ स् मेलम्चीको पानी काठमाडौ बासिको घर(घरमा पुगनुमा स्वर्गीय पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको सपना (योजना) नै हो, उहाँ प्रति श्रद्वा सुमन साथै मेलम्चीको पानी काठमाडौ पठाउन सहयोग गर्नु हुने सिन्धुपाल्चोकबासि, यो तिन दशक सरकारको नेतृत्व गरेका सरकार, राष्ट्र सेवक कर्मचारी, इन्जिनियर, रात दिन काममा खटिने मजदुर सबैको अर्थक प्रयास पछि मात्र मेलम्ची काठमाडौ आइपुगेको छ । सुरुङ निर्माण समयमा निधन भएका प्रति श्रद्वा सुमन व्यक्त गर्दछु ।

पुनः किसुन जि को सपना (योजना) पुरा भएकोमा उहाँ प्रति श्रद्वा सुमन व्यक्त गर्दै जस कसरी कसलाई दिने काठमाडौ बासिले नै निर्णय गर्ने अपेक्षा सहित राजनैतिक प्रचारप्रसारलाई बुझ्ने आशा गर्दछु ।