संसदीय दलकादलको नेता चयनको लागिप्रचण्ड–माधव समूहको बैठक सिंहदरबारमा जारी

-- / प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । बैठक ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको छ । आजको बैठकले पुनः संसदीय दलको नेता चयन गर्ने एक सांसदले जानकारी दिए । यसअघिको बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको थियो ।

तर संसद विघटन बदर गर्दै सर्वोच्च अदालतले पुस ५ गतेभन्दा अगाडिकै स्थितिमा फर्किएको फैसला गरेपछि प्रचण्ड–माधव समूहले फेरि दलको नेता चयनको निर्णय गर्न लागेको हो । सांसद कृष्णभक्त पोखरेलका अनुसार बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभाका गरी ११२ जना सांसदहरु सहभागी छन् ।