परिवर्तनको अन्तिम निकर्ष शान्ति हो , अब नेपाल शान्तिको युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाई

-- / प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । राष्ट्रिय सभागृहमा भएको नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीचको सहमती हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘नेपाल शान्तिपूर्ण यूगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्धन्द्ध छैन । नेपालमा अब हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेको छैन । नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ।

प्रधानमन्त्री ओलीले नेपाली जनताले, नेपाल राष्ट्रले शान्ति खोजेको र अब त्यो बाटोमा नेपाल प्रवेश गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनतालाई चाहिएको राष्ट्रियता र स्वाधिनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय हितको रक्षा लोकतन्त्रको प्राप्ति। सामाजिक न्याय, अधिकारसम्म पुग्ने अवसर र शान्ति भएको भन्दै उहाँले आफुले गरेको आन्दोलनको स्मरण गर्नु भएको छ ।