विप्लवसँगको वार्ता सकारात्मक, छिट्टै सुखद परिणाम आउँने- गृहमन्त्री थापा

-- / प्रकाशित मिति : बुधबार, फाल्गुन १९, २०७७

काठमाडौं- नेपाल सरकार र नेत्रबिक्रम चन्द विप्लव समूहबीचको वार्ता सकारात्मक भएको र केहीदिनभित्रै सुखद परिणाम आउने सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापाले बताएका छन ।

गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको उल्लख गर्दै धेरै सैद्धान्तिक र प्राविधक विषयमा सहमति नजिक पुगेको र केही विषयमा छलफल जारी गरेको बताएका छन । उनले छिट्टै सुखद परिणाम आउने अपेक्षा लिएको पनि बतएका छन्।

वार्तापछि सामाजिक संजालमा स्टाटस लेख्दै गृहमन्त्री थापाले भनेका छन्, ‘मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ । धेरै सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक छौ, केही विषयमा छलफल जारी छ ।