नक्कली बिजक प्रयोग गरि एक अर्बको राजश्व छली

काठमाडौं– झुटा तथा नक्कली बिजक प्रयोग गरि मिलेमतोमा झण्डै रु एक अर्ब बराबरको राजस्व छली गरेको पाइएको छ। राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा ती व्यक्तिले विभिन्न ११ वटा फर्मको बैंक खाता सञ्चान गरी राजस्व छली गरेका हुन् ।
उनीहरूले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर भ्याट को बिजक मात्र किनेर मूल्य अभिवृद्धि कर र आयकर छली गरेका विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।
उक्त आर्थिक अपराधमा सर्लाहीको बलरा नगरपालिका–७ बस्ने मुख्य अभियुक्त सुबोध साहसहित १० र उनीहरूको मतियारको रुपमा अन्य तीन गरी १३ को संलग्नता रहेको विभागले जनाएको छ । उनीहरूले रु ९१ करोड ३० लाख ५६ हजार बिगो बराबरको राजस्व छली गरेको विभागले आरोप लगाएको छ ।
उक्त घटनामा अनुसन्धान सकी बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित हिजो उच्च अदालत पाटनमा मुद्दा दायर गरेको महानिर्देशक मैनालीले जानकारी दिनुभयो ।
मुख्य प्रतिवादी सुबोध साहसमेतले कर बिजकको कारोवार गर्ने सुरेन्द्र सहनी, सरोजकुमार मिश्र, कलिम अन्सारी, अवधेश पटेल, सुमनकुमार महतो, राजेश्वर महतो, इदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनीसमेतको मिलेमतोमा ११ वटा फर्म खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजकमात्र किनेर मूल्य अभिवृद्धि कर र आयकरसमेत चुहावट गरेको विभागको अनुसन्धानमा खुलेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली पक्षमा...
शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ...
शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक...
शुक्रबार, फाल्गुन २१, २०७७
ताजा खबर

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी...

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा...

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव...

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश...
लोकप्रिय

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी...

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा...

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव...

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश...