भागरथी हत्याका दोषी नजीक प्रहरी : गृहमन्त्री बादल

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताउनुभएको छ ।
बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले सो घटनाका दोषीलाई छिट्टै पक्राउ गरी कानूनी कठघरामा उभ्याइने प्रतिबद्धता जनाउनुभयो ।
भट्टसम्बन्धी घटना कञ्चनपुरकी निर्मला पन्तको जस्तो जटिल नरहेको जनाउँदै उहाँले विगतबाट पाठ सिकेर टुङ्गोमा पु¥याउने गरी छानबिन प्रक्रिया अघि बढेको बताउनुभयो ।
महिला हिंसा रोक्न सरकार गम्भीर रहेको र त्यसैका लागि नेपाल प्रहरीमा महिला सेल स्थापना गरिएको स्पष्ट गर्दै उहाँले हिंसा, बलात्कारका घटना हुन नदिन र भएमा तत्काल दोषी पहिचान गरी कानूनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकिएको बताउनुभयो ।
महिला कानून व्यवसायीले सो घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका छन् । विसं २०७५ साउन ११ मा कञ्चनपुरकी पन्तको बलात्कारपछि हत्या भएकामा दोषी अहिलेसम्म पहिचान हुन नसकिरहेका बेला गत माघ २२ गते बैतडीकी भट्टको पनि बलात्कारपछि हत्या भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली पक्षमा...
शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ...
शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक...
शुक्रबार, फाल्गुन २१, २०७७
ताजा खबर

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी...

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा...

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव...

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश...
लोकप्रिय

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी...

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा...

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव...

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश...