सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला ?

-- / प्रकाशित मिति : सोमवार, फाल्गुन ३, २०७७

काठमाडौं -सोमबार नेपाली बजारमा सुनको भाउ १ सय रुपैयाँले घटेको छ ।आइतबार छापावाला सुन प्रतितोला ९० हजार ८ सय मा कारोबार भएको थियो भने सोमबार घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार बजारमा चाँदीको भाउ तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा काराबार भइरहेको छ । आइतबार प्रतितोला चाँदी १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।