सुनको भाउ बढ्यो, प्रतितोला कति रु ?

-- / प्रकाशित मिति : मङ्लबार, माघ २७, २०७७

 

काठमाडौं  मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ ।

 

सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी बजारमा तेजावी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

मंगलबार नेपाली बजारमा प्रतितोला चाँदी १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचँदी व्यवसायी महासंघले जनाएको छ । मगंलबार चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।