“नेपाल भारत संयुक्त सीमा क्षेत्रमा रहेको जिल्ला स्तरिय समन्वय बैठक कलैयामा”

-- / प्रकाशित मिति : मङ्लबार, अशोज २०, २०७७

विरगन्ज नितेश कर्ण

विरगन्ज –  सोमवार नेपाल भारत संयुक्त सीमा क्षेत्रमा रहेको जिल्ला स्तरिय समन्वय बैठक कलैयामा सम्पन्न भएको छ । कलैया स्थित बरेवा दरबार होटेल मा सम्पन्न सो कार्यक्रममा ८ वटा जिल्ला का प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुख तथा भारत को बिहार राज्य का पुर्वि तथा पश्चिमि चम्पारण का सुरक्षा अधिकारीहरु को सहभागीता रहेको थियो । बैठकमा बिहारमा हुन हुन लागेको चुनाव लाई लक्षित गर्दै सिमानाका लाई सिल गर्ने, अपरधिक गतिविधिलाई हुन नदिने लगायतका महत्त्वपूर्ण सुरक्षागत विषयमा छलफल भएको बारा का प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्ण पगेनीले जनाएका छन् ।

बैठकले आरम्भमा नेपालकामे तर्फबाट चितवन जिल्लको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले स्वागत गदै बैठकको एजेण्डा प्रस्तुत गर्नु भएको थियो । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गरि शान्ति तथा सुव्यवस्था कायम गर्ने र सीमा क्षेत्रमा हुने अबैद्य हातहतियार तथा बन्दोवस्तीको ओसार पसार नियन्त्रण गर्न बैठकमा छलफल भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए । उनले भने अपराध तथा नियन्त्रण गरि शान्ति तथा सुव्यवस्था कायम गर्ने र चोरी निकासी एवं तस्करी नियन्त्रणलाई प्रभाकारी बनाउने बैठकले जोड दिएको छ ।

कोभिड १९ को पभाव नियन्त्रण गर्न असल अभ्यासहरुको आदान प्रदन गरि सामूहिक रुपमा अगाडि बढ्ने पनि छलफल भएको हो । भारतको विहार राज्यको तेस्रो चरणमा हुने गईरहेको राज्यसभाको निवाचनलाई स्वच्छ एवं मर्यादित रुपमा सम्जन्न गर्न ३ दिन बोर्डर सिल गरी यातायातर मानिस आपतजावत बन्द गर्ने दुबै देशका सुरक्षा निकायका पदाधिकारीहरुको सहमती भएको प्रजिअ पण्डितले बताए ।

भारतको बिहार राज्यका पुवी चम्पारण र पश्चिम चम्पारण जिल्लका सुरक्षा अधिकारीहरु र नेपालको तर्फबाट भारतको बिहार राज्यका पुवी चम्पारण र पश्चिम चम्पारण जिल्लसगं जोडिएका बारा , पर्सा , रौतहट ,चितवन ,नवलपरासी पुर्व ,नवलपरासी पश्चिम का प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो । बैठाकमा भारत गर्फका २३ जना र नेपाल तर्फका २६ जना गरि ४९ जना सुरक्षा निकायका पदाधिकारी , भारतीय निर्पाचन आयोगका कर्मचारी र नेपालको चितवन राष्ट्रिय निकुन्जका कार्यालय प्रमुख समेतको सहभागिता बैठकमा छलफल भएको एजेण्डाहरुको विषयमा हस्ताक्षर गरि बैठक सम्पन्न भएको थियो