“कोरोना संक्रमित थप एक जनाको मृत्यु “

-- / प्रकाशित मिति : आइतवार, अशोज १८, २०७७

 

चितवन संवाददाता

चितवन – चितवनको भरतपुर अस्पतालमा कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय एक पुरुषको आज बिहान ६ ः३५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

लामो समय देखि खोकी र श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भएका उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको हो ।