“बिहीबार सुनको मूल्य ९४ हजार पाँच सय रुपैयाँमा कारोबार”

-- / प्रकाशित मिति : बिहिबार, अशोज १५, २०७७

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा दुई सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९४ हजार सात सय रुपैयाँमा किनबेच भइरहेको छ । तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८ सय ९३ डलरमा कारोबार भइरहेको छ ।