“थप १ हजार ३९ जनामा कोरोना संक्रमण”

-- / प्रकाशित मिति : आइतवार, भदौ २८, २०७७
काठमाडौं, २८ नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ।
पछिल्लो २४ घण्टामा थप ९ हजार १६५ जनाको पीसीआर परीक्षण गरिएको भने अहिलेसम्म ८ लाख ४० हजार ५२७ पीसीआर परीक्षण गरिएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमित निको भएका छन्।
योसँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ।