“पोखरी मा डुवेका  युवकको शंकास्पद मृत्यु”

-- / प्रकाशित मिति : बिहिबार, भदौ २५, २०७७

पर्सा- संवाददाता

पर्सा जिल्लाको जिराभवानी गाउँ पालिका ३ मा एक जाना को पोखरी मा डुवेर मृत्यु भएको छ ।

जिराभवानी गाउपालिका वडा नं ३ मा रहेको किरतनिया पोखरीमा सो यूवकको मृत्यु भएका हो ।

मृत्यु हुनेमा जिराभवानी गाउपालिका वडा नं ३ नौकाटोला निवासी गौरीशंकर देवान रहेका छन। स्थानीय का अनुसार देवान को  मानसिक संतुलन ठिक थिएन ।

मृतक गौरी शंकर देवानको कपडा भन्ने पोखरीको डिलमा रहेको देखिएको छ ।देवानको नाक र मुखबाट रगत जमेकाले मृत्यु शंकास्पद रहेको स्थानीयको भनाई रहेका छन।

आज दिउसो करिब १२-३० बजे  बच्चाहरू पोखरीको डिलमा बाख्रा चराइरहेको बेला पानीमा शव तैरिरहेको देखेर गाउमा जानकारी दिए पछि गाउँले हरू घटना स्थलमा पुगेका थिए ।