“बिश्व आत्महत्या रोकथाम दिबस”

-- / प्रकाशित मिति : बिहिबार, भदौ २५, २०७७

काठमाडौ -कोरोनाको संकटपछि आत्महत्याको अबस्था दर बढ्दो
गोपाल ढकाल, मनोविद
आत्महत्या बिश्वब्यापी रुपमा नै जठिल समस्या बन्दै गएको छ । आत्महत्या रोकथाम तथा यस बिषयमा जनचेतना बढाउने उदेश्यले प्रत्येक बर्ष १० सटेम्बर का दिन बिश्व आत्महत्या रोकथाम दिबस मनाउँदै आएको छ ।

सधै झै यस बर्ष पनि यो दिबसको नारा “ आत्महत्या रोकथाममा सबैको सहकार्य“ रहेको छ ।
यो बर्ष कोरोनाको संकट र लकडाउनले शारीरिक, मानसिक, सामाजिक , आध्यात्मिक, आर्थिक जस्ता सबै पाटोलाई असर पुर्याएको छ ।

यसले सबै तह, तप्का, उमेर र समुदायका ब्यक्तिलाई प्रभाव पारेकोछ । यस संकट पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समचार हिजो आज आईरहेका छन् । आत्महत्यालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ । तर आत्महत्या अहिलेको मात्र समस्या भने होइन ।

नेपालमा पनि आत्महत्या पहिला देखि नै जनस्वास्थ्यको एउटा ठुलो समस्या र चुनौतिका रूपमा देखा पर्दै आएको छ । नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८ – १० प्रतिशतले वृद्धि हुँदै गइरहेको देखिन्छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार यस बर्ष आत्महत्याबाट ज्यान गुमाउनेहरुको कुल संख्या ६२७९ रहेको छ । यसरी हेर्दा दैनिक १७ जनाले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन् ।

अघिल्लो आर्थिक वर्षमा ५,७५४ जना नेपालीले आत्महत्याबाट ज्यान गुमाएका थिए । जुन सरदर दैनिक १६ जना पर्न आउछ । प्रकृतिक बिपत्ति पर्दा, रोग ब्याधि फैलिदा जस्ता असहज र  जखिम पुर्ण अबस्थामा मानसिक रोग तथा आत्महत्याको दर बढेर जाने जोखिम भने हुन्छ ।

त्यसैले आत्महत्या लकडाउन पछिको मात्र समस्या हो ।लकडाउन पछि भयावह भएको छ , पहिले यस्तो थिएन भन्ने बुझाई सरासर गलत हो । लकडाउन भन्दा पहिले र लकडाउन पछिको तुलना गर्ने हो भने खासै फरक देखिदैन। तर बढदै जाने संकेतहरु भने देखा पर्न थालेका छन् ।

बालबालिकामा भने यो बिचमा आत्महत्या गर्ने दर बढेर गएको देखिन्छ ।

जुन दुखद हो । आत्महत्या एकदमै संबेदनसिल बिषय हो । आत्महत्याको समचारलाई अतिरन्जित र सनसनी पुर्ण बनाउनु हुदैन । यसले समाजमा झनै नकारात्मक असर पु¥याउछ । डिप्रेसनमा रहेका र आत्महत्याको सोच बनाएकाहरुमा आत्महत्या गर्ने आँट बढ्छ । बालबालिकाहरुले त्यसको सिको गर्न सक्छन् ।

आत्महत्या नेपालको मात्र समस्या पनि होइन । यो बिश्वकै साझा समस्या हो।
विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्माहत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ । एक आत्महत्या हुँदा पच्चिस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भिर रूपमा सोचेका हुन्छन्। प्रत्येक वर्ष बिश्वमा सरदर ८ -१० लाख व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन् । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषहरुले बढि आत्माहत्या गर्ने गर्छन । तर आत्महत्याको प्रयास भने पुरुषमा भन्दा महिलामा बढि देखिन्छ ।

प्रायः सबै मानिस दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । “मर्ने कसैको रहर हुँदैन” तर किन कोहि ब्यक्ती आत्महत्या गरेर आफ्नो जिवन आफै समाप्त पार्न खोज्छन ? आत्महत्याको अवस्थामा पुगेको बेला पक्कै पनि ब्यक्तिले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएको देख्छ होला । मर्नु बाहेक अरु कुनै पनि विकल्पहरू भेट्दैन होला । उ चरम निरासामा डुबेको हुनसक्छ ।

आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि धेरै कारणहरू हुन सक्छन् । आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउदा वा अत्याधिक जाँड, रक्सी, लागूँ पदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छ ।
व्यक्तिले आत्महत्या आफ्नो ब्यक्तिगत कमजोरीका कारण गर्ने नभएर आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, साँस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ ।

धेरै जस्तो केशमा आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ ।जसरी कुनै कुनै शारीरिक रोगमा केही ब्यक्तिहरु उच्च जोखिमा हुन्छ ।

त्यसै गरि केही ब्यक्तिहरु मानसिक रोग र आत्महत्याको हिसाबले केहि उच्च जोखिममा हुन सक्छन । जस्तो मानसिक रोग डिप्रेसनमा रहेको , कुनै दुखद घटनाले धेरै प्रभावित, पटक पटक आत्महत्याको प्रयास गरेको, तनाब पुर्ण पेशामा भएकाहरु, पारिबारिक झै झगडा , आर्थिक संकट भएका, बिरोजगार , लाँगु प्रदार्थक कुलतमा फसेका आदि ।

मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । मानसिक रोग र आत्महत्यालाई हाम्रो समाजले फरक रुपमा लिन्छ । फरक तरिकाले बुझ्छ । मानसिक रोगलाई पुर्ब जन्मको पाप र अपराध ठान्छ । देबि देवता कुल देवता बिग्रेको भन्छ । आत्महत्या गर्नेलाई समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ ।

आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म गरेको पाइन्छ ।  मानसिक रोग तथा आत्महत्याप्रतिको गलत बुझाई धारणा र सोचमा परिवर्तन आउन आवश्यक छ ।

“हरपल मरीमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ,

त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ” सत्य र स्वरूपराज आचार्यले गाएको गीतले भनेझै दुःख र निरासाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल बितेर जान्छ र आफ्नो आत्महत्याको सोच, निर्णय र विचारमा परिवर्तन आउनु सक्छ।

त्यो थोरै समयमा आफूले गरेको धैर्यता र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईले कसैलाई गर्नु भएको एक मिनेटको सहयोग वा तपाईको एक मिनेटको धैर्यता जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।

” संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर ”