“नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाईं”

-- / प्रकाशित मिति : शुक्रबार, भदौ १२, २०७७

काठमाडौ- विजेता सज्जा चौलागाईं बन्न सफल भएकी छिन् ।

भोटिङका आधारमा  प्रविन बेडुवाल र किरण भुजेललाई उछिन्दै सज्जा नेपाल आइडल सिजन ३ को विजेता बन्न सफल भएकी छिन्। कोरोनाको महामारीका कारण नेपाल आइडलको फिनालेमा सीमित व्यक्ति उपस्थितिमा विजेता घोषणा गरिएको छ ।

आइडल प्रोजेक्ट हेड सुरेश पौडेल हुन् भने कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका थिए् ।नेपाल आइडल सज्जाले नगद ५० लाख  प्राप्त गरेकी छन् त्यस्तै फष्ट रनरअप प्रविण वेडुवालले १५ लाख र सेकेन्ड रनरअप किरणले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।