“पीएसजीलाई हराउँदै बायर्नले ‘ट्रेबल’ जस्तो दुलर्भ उपाधि जित्न सफल”

-- / प्रकाशित मिति : सोमवार, भदौ ८, २०७७

काठमाण्डौ- जर्मन च्याम्पियन बायर्न म्युनिकले आइतबार छैटौं पल्ट युरोपेली च्याम्पियन्स लिग जित हासिल गरेको छ। फाइनलमा उसले फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजी लाई १–० ले पराजित गरेको छ।

खेलको निर्णायक गोल किंग्सली कोमनले ५९ औं मिनेटमा गरेको थियो भने जोसुआ किमिचको पासलाई हेड गर्दै म्युनिकले खेलको एक मात्र निर्णायक गोल गरेका हो ।

बायर्नले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो छैटौं पल्ट रहेको छ।पीएसजीले भने पहिलो पल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको हो। बायर्नले यससँगै यो सिजन तेस्रो उपाधि जितेर ‘ट्रेबल’ जस्तो दुलर्भ उपलब्धि पनि हात पार्न सफल भएको छ।बायर्नले यसअघि घरेलु बुन्डेसलिगा र जर्मनकप जितिसकेको छ।खेलको ‘म्यान अफ द म्याच’ बायर्न गोलरक्षक म्यानुएल नोया रहे।

उनले उत्कृष्ट प्रदर्शन गरेका थियो । त्यस अगाडि पीएसजीका नेयमार र केयलिन एमबापेको प्रदर्शन फिक्का परेको हुन् ।