लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा  कांग्रेसका पाण्डेय निर्वाचित

-- / प्रकाशित मिति : सोमवार, जेष्ठ १७, २०७८

काठमाडौं– लुम्बिनी प्रदेशको एक रिक्त पदका लागि सोमबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराउँदै पाण्डेय निर्वाचित हुनुभएको हो । पाण्डेयले ४१४० मत ल्याउँदा खड्काले ३५९४ मत पाउनुभयो ।

पाण्डेयलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सहयोग गरेको थियो ।