लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन सम्पन्न:आजै मतगणना सुरू हुने

-- / प्रकाशित मिति : सोमवार, जेष्ठ १७, २०७८

बुटवल – लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ ।

उपनिर्वाचनमा कूल ३ सय मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गरेका छन । तीन जना मतदानमा अनुपस्थित भएका छन ।

अब मुचुल्का उठाएर मतगणना सुरू हुने र मतपरिणाम आजै आउने निर्वाचन आयोगले जनाएको छ ।

लुम्बिनीमा नेकपा एमालेको केपी शर्मा ओली समूह र विपक्षी दलहरुको गठबन्धनबाट गरी दुई जना उम्मेदवार प्रतिश्पर्धामा हुनुहुन्छ ।