प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

-- / प्रकाशित मिति : सोमवार, जेष्ठ १७, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आज बालुवाटारमा भएको भेटमा जसपाको सरकारमा सहभागिताबारे छलफल भएको छ ।

बालुवाटारको भेटमा जसपा नेता राजेन्द्र महतो पनि सहभागी छन् । आजको भेटले जसपा यसै हप्ता सरकारमा सहभागी हुने टुंगो लगाउने बुझिएको छ ।