लुम्बिनी प्रदेशसभाका तीन एमाले सांसदको राजीनामा

-- / प्रकाशित मिति : आइतवार, बैशाख १९, २०७८

काठमाडौं – लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुन मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका सांसदहरुले राजीनामा दिएका छन् ।

लुम्बिनीमा मुख्यमन्त्रीमा पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि एमालेका चार सांसदले आइतबार राजीनामा दिएका हुन् । कपिलबस्तु २ (क) बाट निर्वाचित दीर्घनारायण पाण्डे सहितका सांसदहरुले सभामुखसामू राजीनामा बुझाएका हुन् ।

पाण्डेसँगै धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले राजीनामा दिएको सांसद पाण्डेले बताउनुभयो ।