नेकपा माओवादी केन्द्र नेता कुलप्रसाद केसीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष ४२ सांसदको हस्ताक्षरसहित दाबी पेस

-- / प्रकाशित मिति : आइतवार, बैशाख १९, २०७८

बुटवल- नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष ४२ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन् ।

नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट केसीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष दाबी पेस गरेका हुन् ।

नेकपा एमालेले बहुमत गुमाएकोले आफूहरुसँग बहुमत रहेको दाबी केसीको छ । हस्ताक्षर गरेका मध्ये तीन सांसदले भने राजीनामा दिएका छन् । एमालेका सांसद दीर्घनारायण पाण्डेले आफूले हस्ताक्षर नगरेको बताएका छन् ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नेकपा एमालेका शंकर पोखरेललाई नियुक्त गरिसकेका छन् । माओवादीसहितको चार दलीय गठबन्धनले भने बहमुत नभएको पार्टीबाट सरकार गठन हुन नसक्ने भन्दै उक्त नियुक्त बदर गर्न माग गरेको छ ।