कर्णाली प्रदेशका ३ जना मन्त्रीले दिए सामुहिक राजिनामा

-- / प्रकाशित मिति : मङ्लबार, चैत्र २४, २०७७

सुर्खेत-कर्णाली प्रदेशका तीन मन्त्रीले आज सामुहिक राजिनामा दिनुभएको छ ।

नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामुहिक राजिनामा दिनु भएको हो ।

एमालेबाट सरकारमा सहभागी सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजिनामा पत्र बुझाउनु भएको हो ।