संविधान र संसदको रक्षाको लागि समर्थन तत्काल फिर्ता नलिने

-- / प्रकाशित मिति : मङ्लबार, चैत्र २४, २०७७

काठमाडौं- सरकारले प्रतिनिधि सभा भंग नगर्ने प्रतिबद्धता नजनाएसम्म समर्थन फिर्ता नलिने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रष्ट पार्नुभएको छ ।

सरकारको फेरि संसद विघटन गर्ने नियत रहेको उल्लेख गर्नुहुँदै गुरुङले अन्य दलको साथ नपाएसम्म माओवादी केन्द्रले समर्थन फिर्ता नलिने बताउनुभयो ।

हिजोको संसद बैठकमा गुरुङले भन्नुभयो, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने बित्तिकै राष्ट्रपतिको साथ लिएर संसद भंग गर्ने नियत देखियो, उहाँले भन्नुभयो, ‘हामीले समर्थन फिर्ता लिएपछि अविश्वासको प्रस्तावमा अरु दलको साथ हुने वा सरकारले संसद भंग नगर्ने नपाएसम्म समर्थन फिर्ता गर्दैनौं ।’

संविधान र संसदको रक्षाको लागि समर्थन तत्काल फिर्ता नलिने र असहयोग पनि जारी रहने गुरुङको भनाइ छ ।