“जननायक बीपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाइँदै”

-- / प्रकाशित मिति : बुधबार, भदौ २४, २०७७

काठमाडौं -नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान लिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाको १०७ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

बीपीको विक्रम संवत १९७१ साल भदौ २४ गते पिता कृष्णप्रसाद कोइराला र माता दिब्या कोइरालाको कोखबाट जन्मनु भएको बिपी कोइरालाको न्वारनको नाम चिरिन्जिबी कोइराला रहेको थिए ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका विपिले जहानियाँ राणा शासनको विरोधमा गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिएर भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको हो ।

प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भएको थिए ।

क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा र कांग्रेस सरकारमा बिपी गृहमन्त्री बनेका र विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत बनेका थिए ।

प्रधानमन्त्रित्व कालमा उहाँले गरिब निमुखा जनताका लागी बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्दै भूमिसुधार कार्यक्रम लागु समेत गरेका थिए ।

विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि प्रधानमन्त्री कोइराला,संसदका प्रथम सभामुखक कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत मन्त्रीलाई बन्दी समेत बनाइएको थियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनु परेको थिए।

भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी उहाँ विभिन्न आठ वटा मुद्दाको पर्वाहा नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो ।

उहाँले अपनाएको मेलमिलापको नीति विचारधार आज पनि मुलुकको राजनीतिमा क्षेत्रमा उतिकै सान्दर्भिक रहेको छ । बीपी कोइरालाल राजनितिक क्षेत्रमा मात्र नभई नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनु भएको छ ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका साहित्यकार भनेर चिनिने कोइरालाका डेढ दर्जन जति कृति प्रकाशित छन् ।

ति मध्येका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु , आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित छन् ।

भने ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ कथा संग्रह समेत प्रकाशित गरेका कोइरालाको क्यान्सर रोगका कारण विसं २०३९ साउन ६ गते निधन भएको थिए । नेपालको राजनितिक क्षेत्रमा मात्र नभएई सामाजिक शैक्षिक र साहित्यक क्षेत्रमा समेत ठुलो योगदान पुर्याउन सफल भएका विपिको सम्झनामा समेत बर्तमान अवस्थामा विपिका विचार धारा कतिको सान्र्दभिक र आवश्यक रहेको छ ।

भन्ने सम्बन्धिमा समेत आन्तरिक्रिया कार्यक्रम गरिहेको वि पि कोइराला स्कुल अफ पब्लिक पोलीसीका अध्यक्ष तथा नेविसंघका निवर्तमान सहमहामन्त्री एवम् प्रवक्ता प्रेम जोशीले जानकारी दिनु भएको छ ।

अहिले राज्य व्यवस्थाले जनातका हित भन्दा पनि जनतालाई दुख दिनेकाम भइरहेको हुदा हिजोका अग्रजहरुले गरेको बलिदान र विचारधारालाई नबिर्सन पर्ने र अहिलेको अवस्थामा सबै एक जुट भएर जनताको हितमा लाग्नु पर्ने अध्यक्ष जोशीले बताए