सरकार–विप्लव बीचको पहिलो चरणको औपचारिक वार्ता सकारात्मक

-- / प्रकाशित मिति : बुधबार, फाल्गुन १९, २०७७

काठमाडौं – नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा वार्ता टोलीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ। झण्डै ४ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिनूभयो ।

वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत बालुवाटार पुगेका थिए। विप्लव समूहको वार्ता टोली मंगलबार (हिजो) नै काठमाडौं आइपुगेको थियो । वार्ता सकारात्मक भएको र फेरि बस्ने गरी सकिएको भट्टराईले जानकारी दिए ।

दुई समूहबीच निरन्तर छलफल जारी राख्ने सहमति भएको बताइएको छ। सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।