प्रधानमन्त्री क्यान्सर अस्पतालको उद्घाटनका लागि  झापा

-- / प्रकाशित मिति : मङ्लबार, फाल्गुन १८, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान झापा जाँदै हुनुहुन्छ ।

बिर्तामोडमा निर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि प्रधानमन्त्री झापा जान लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले मंगलबार नै लोपोन्मुख एवं अल्पसंख्यक सन्थाल समुदायका लागि निर्माण हुने बस्तीको मोरङको उर्लाबारीमा शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री गत आइतबार पनि आफ्नो निर्वाचन क्षेत्रका विकास योजना उद्घाटन र शिलान्यासका लागि झापा जानुभएको थियो ।