अध्यक्ष प्रचण्ड सर्वोच्च अदालतमा

-- / प्रकाशित मिति : आइतवार, फाल्गुन १६, २०७७

काठमाडौं- अवहेलना मुद्दामा जवाफ दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड सर्वोच्च अदालत पुग्नु भएको छ । आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो । बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो ।

सोही आदेशअनुसार प्रचण्ड जवाफसहित सर्वोच्च पुग्नुभएको हो । शान्तिवाटिकामा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठह¥याउने काम भयो भने ‘ जनता सडकमा उतार्ने र गल्ती सच्याउने भनेर अभिव्यक्ति दिएको भन्दै अदालतमा मुद्धा परेको थियो । अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनु भएको थियो ।