विद्यार्थीहरु आन्दोलनमा उत्रिए (फोटो फिचर)

-- / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७, २०७७

नितेश कर्ण

वीरगञ्जको-ठाकुराम बहुमुखी क्याम्पसमा बिबिए संकायमा अध्ययनरथ विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। विगत लामो समयदेखी बिबिएको भवन नहुँदा विद्यार्थीहरुलाई समस्या हुने गरेको छ ।

१ वर्षभित्र भवन निर्माण गर्ने भनेर क्याम्पस प्रशासनले आश्वासन दिएको २ वर्ष बितिसक्दा पनि भवन नबनाएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । क्याम्पस प्रशासनभित्र भ्रष्टाचारजन्य क्रियाकलाप बढेको, क्याम्पसलाई राजनितिक अखडाको रुपमा परिणत गरेका, अनुशासनहिन बनाएको, हरेक कामहरुमा ढिलाई, क्याम्पससँग भएको रकमको दुरुपयोग, समयसमयमा हुनुपर्ने अतिरिक्त क्रियाकलापहरु नभएको भन्दै विद्यार्थीहरुले हातमा विभिन्न प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका हुन् ।

अरुजस्तो तालाबन्दी जस्ता हिंस्रक आन्दोलन नभई शान्तिपुर्ण रुपमा आफ्ना मागको सम्बोधन गर्न दवावस्वरुप आन्दोलनमा उत्रिएको बिबिए चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हरुले बताएका छन् ।

विरोधमा उत्रिएका विद्यार्थीहरुले फाइट टुडे फर बेटर टुमारो, बिबिए भवन खोई रु, बिबिए प्रशासनको लापरवाही हाम्रो कारवाही, हामीलाई गधा बनाउन छोडेर बिबिएको नया भवन बनाउनुहोस्, हरेक विद्यार्थीको ३ लाख १९ हजार कसको गोजीमा लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

क्याम्पस प्रशासनको उदासिनताका कारण किताब हुनुपर्ने हातमा विरोधका नारा बोक्नुपर्ने बाध्यता आएर्को बिबिए दोस्रो सेमेस्टरकी विद्यार्थी अनुराधा गुप्ताको बताएकि छिन् ।

२०७१ बैशाख २२ मा मुना कन्स्ट्रक्सन लाई २०७१  फाल्गुन २० गते सम्म सम्पन्न गरिने गरि १, ४९ , ०३,३२३।४० मा टिका दिएको थियो , ठिका दिएको ६ वर्ष बितिसक्दा पनि अहिले सम्म काम सम्पन्न हुन बाँकि रहेको र  पटक पटक माथिल्लो निकायमा जानकारी गराएपनि त्यहि ठिकेदार लाई भकाएर काम गराउन निर्देशन पाईएको सामान्य प्रशासन तथा स्टोर शाखा का प्रमुख  गिता कुमारी श्रेष्ठ ले बताएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पस का प्रत्येक बर्ष करोडको रूपैयाँ क्याम्पस बिकास का लागि आउने गरेको पाइन्छ तर राजनीतिक चहल पहल का कारण बिकास बिना त्यो पैसा फ्रिज भएर जाने गरेको देखिन्छ ।