अहिलेको सरकारले संविधान संविधान मिच्दैन : प्रधानमन्त्री ओली

-- / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७, २०७७

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले संविधान नमिच्ने बताएका छन्।पुस ५ मा प्रतिनिधि सभा विघटन गर्दा प्रधानमन्त्रीले संविधान मिचेको आरोप छ। यो विषय सर्वोच्चमा विचाराधीन छ।

तर प्रधानमन्त्री ओलीले शुक्रबार प्रजातन्त्र दिवसमा आयोजित कार्यक्रममा बोल्दै अहिलेको सरकारले संविधान नमिच्ने दाबी गरेका छन्।

अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन। संविधान मिच्दैन, मिच्न दिँदैन। जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्दैन। सुशासन कायम गरेर छोड्छ।’ उनले राष्ट्रिय एकताका साथ अगाडि बढ्नुपर्ने पनि बताएका छन्।

अर्को वर्षसम्म अल्पविकशित राष्ट्रबाट विकाशिल राष्ट्रमा नेपाल प्रवेश गर्नुपर्ने उनले बताए।