प्रचण्ड–माधव पक्षलेटुँडिखेलमा मानव साङ्लो निर्माण गरि एक घण्टा  प्रदर्शन

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७७

काठमाडौं- नेकपाको प्रचण्ड–माधव पक्षले आज  मानव साङ्लोसहित टुँडिखेल घेराउ गर्ने भएको छ। चौंथो चरणको विरोध कार्यक्रम अन्तर्गत आज टुँडिखेलमा मानव साङ्लो निर्माण गरि एक घण्टा  प्रदर्शन गर्न लागिएको हो।

केन्द्रीय सदस्य सावित्रा भुसालका अनुसार दिउँसो साढे ३ बजे राष्ट्रिय सभागृह अगाडि भेला भएर मानव साङ्लोसहित टुँडिखेलमा प्रदर्शन गरिनेछ। दिउँसो ४ बजेदेखि साँझ ५ बजेसम्म टुँडिखेल घेराउ गरिनेछ।

प्रचण्ड–माधव पक्षले फागुन २ गते चौंथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। जसअन्तर्गत फागुन १२ गतेसम्म सबै जिल्लामा प्रदर्शन गरिनेछ।