ज्येष्ठ नागरिकलाई खोप फागुन २३ गते बाट

काठमाडौं-सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड(१९ विरुद्धको खोप लगाउने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको हिजो बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । भारत सरकारले उपलब्ध गराएको कोभिड(१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेदेखि लगाउन थालिएको हो।
पहिलो चरणमा प्राथमिकतामा परेको स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई यही माघ १४ गतेदेखि २४ गतेसम्म सो खोप लगाइएको थियो ।
यही फागुन २ गतेदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्ति जिल्लास्तरीय सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका कर्मचारीलाई खोप लगाउन थालिएको छ । यसअघि माघ २६ देखि ३० गतेसम्म काठमाडौँमा कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा पत्रकारलाई समेत खोप लगाइएको थियो ।मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म दुई लाख ६३ हजार ४८२ जनाले खोप लगाइसकेका छन् । पहिलो चरणमा प्राथमिकता परेका ८४ प्रतिशतले खोप लगाएको उहाँले बताउनुभयो ।
प्रदेश नं १ मा ७२ प्रतिशत, प्रदेश नं २ र वाग्मती प्रदेशमा ८४ प्रतिशत, गण्डकी प्रदेशमा सतप्रतिशत, लुम्बिनी प्रदेशमा ८४ प्रतिशत, कर्णाली प्रदेशमा ७२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९१ प्रतिशतले पहिलो चरणमा पहिलो प्राथमिकता परेका व्यक्तिले खोप लगाएका छन् । उहाँले खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन अनुरोध गर्नुभयो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली पक्षमा...
शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ...
शुक्रबार, फाल्गुन २१, २०७७

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक...
शुक्रबार, फाल्गुन २१, २०७७
ताजा खबर

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी...

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा...

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव...

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश...
लोकप्रिय

काठमाडौ -नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी...

काठमाडौ – नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा...

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव...

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश...