“चाँदीको मूल्य बढ्यो”

-- / प्रकाशित मिति : सोमवार, अशोज २६, २०७७
काठमाडौं-नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो आइतबार पनि सो मूल्यमा नै कारोबार भएको छ ।
त्यसैगरी तेजाबी सुनको प्रतितोला ९५ हजार एक सय रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेर एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला एक हजा २ सय ३५ रुपैयाँमा कारोबार भएको छ।