“दशैँ, तिहार र छठ लगायतकापर्वलाई लक्षित गरी सरकारले आजदेखि सहुलियत पसल खुल्ने”

काठमाडौं – सरकारले सधैंका वर्ष झै यस वर्ष पनि सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । दशैँ, तिहार र छठ लगायतका पर्वलाई लक्षित गरी सरकारले उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
यो वर्ष उपत्यका र सुर्खेतका उपभोक्ताका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने चामल, दाल, गेडागुडीलगायत अनलाइनबाट खरिद गर्न सकिने पनि थप व्यवस्था मिलाइएको छ । यो वर्ष कोभिड–१९ का कारण भीडभाड नहोस् भनेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत सामान खरिद गर्नसक्ने व्यवस्था पनि मिलाएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी )ले बिक्री गर्ने सामानमा न्यूनतम २ रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म छुट हुनेछ । वर्ष दशैँ, तिहारलगायतका चाडपर्व ढिला भएकाले दशैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसी बताइन् ।
काठमाडौं उपत्यकामा १६ स्थानसहित देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सहुलियत पसल आउँदो मंसिर ६ सम्म सञ्चालन गरिने भएको छ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौं-नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार...
सोमवार, अशोज २६, २०७७

नितेश कर्ण पर्सा -प्रमुख जिल्ला अधिकारी , प्रशासकीय अधिकृत लगायत ६ जना...
सोमवार, अशोज २६, २०७७

विरगन्ज नितेश कर्ण विरगन्ज – सोमवार नेपाल भारत संयुक्त सीमा क्षेत्रमा रहेको...
मङ्लबार, अशोज २०, २०७७
ताजा खबर

नितेश कर्ण पर्सा -प्रमुख जिल्ला अधिकारी , प्रशासकीय अधिकृत लगायत...

विरगन्ज नितेश कर्ण विरगन्ज – सोमवार नेपाल भारत संयुक्त सीमा...

विरगन्ज नितेश कर्ण विरगन्ज- सोमबार कृषि ज्ञान केन्द्र पर्सा बिरुद्धमा ...
लोकप्रिय

नितेश कर्ण पर्सा -प्रमुख जिल्ला अधिकारी , प्रशासकीय अधिकृत लगायत...

विरगन्ज नितेश कर्ण विरगन्ज – सोमवार नेपाल भारत संयुक्त सीमा...

विरगन्ज नितेश कर्ण विरगन्ज- सोमबार कृषि ज्ञान केन्द्र पर्सा बिरुद्धमा ...