“१५१३ जनामा कोरोना संक्रमण पुष्टि”

-- / प्रकाशित मिति : मङ्लबार, अशोज १३, २०७७

काठमाडौं -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित पत्रकार ब्रिफिङका अनुसार क्रममा र नेपालमा पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं पत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

उनीहरुमध्ये ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् । देशभर २० हजार ३९६ संक्रिय संक्रमित रहेका छन् ।