“पछिल्लो २४ घन्टामा थप १३२५ जनामा कोरोना संक्रमण”

-- / प्रकाशित मिति : आइतवार, अशोज ४, २०७७

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्र देशका विभिन्न जिल्लामा १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार मुलकका विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा मात्र १ हजार ३ सय २५ जना थपिएका छन् । यो सहित देशभर संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको जनाएका छन् ।

संक्रमितमध्ये ४६ हजार २ सय ३३ जना निको भएर घर फर्किएका छन् भने ४ सय ११ जना कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।