“संक्रमितको संख्या ५० हजार नाघ्यो”

-- / प्रकाशित मिति : बिहिबार, भदौ २५, २०७७

काठमाडौं -नेपालमा दिनप्रति दिन कोरोना संक्रमित र मृत्युको सँख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रा १२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ५० अजार ४६५ पुगेको छ । भने तीमध्ये ३१७ जनाको मृत्यु भएको भइसकेको छ ।

कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३५ हजार ७०० जना रहेका छन् । भने पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।