“३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि”

-- / प्रकाशित मिति : बिहिबार, भदौ २५, २०७७

काठमाडौं- धनगढी सुदुरपश्चिम सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज भएको परीक्षणमा थप ३७ सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहले बताए ।

उनका अनुसार सबै संक्रमित सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत छन् । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या ८३ पुगेको छ ।