“निषेधाज्ञा जारी गर्ने सम्पुर्ण जिम्मा जिल्ला प्रशासन दिन नहुने”

-- / प्रकाशित मिति : बुधबार, भदौ २४, २०७७
काठमाडौं -उपत्यकाका सिडियोहरुले राखेको फरक फरक अभिव्यति बारेमा पुर्वे स्वास्थ्यमन्त्री गगन थापाले शान्ति सुरक्षा कायम गर्ने जिल्ला प्रशासन काम भएता पनि जनस्वास्थ्यसंग जोडिएको विषय भएकाले यस विषयलाई नजरअन्दाज गरेर निषेधाज्ञा जस्तो संवेदनशिल विषय कार्यान्वयन जिल्ला प्रशासन नै सवै निर्णय जिम्मेवारी दिनु उचित नभएकोले बेलैमा ध्यान दिनुपर्ने भन्दै ,उनले समाजिक संञ्जाल मार्फत सरकारलाई आग्रह गरेका छन् ।
कोरोना महामारीका सन्दर्भमा सरकारले दुई विषयमा मात्र चासो दिएको पुर्वे स्वास्थ्यमन्त्री थापाको भनाई रहेको छ ।
पहिलो निषेधाज्ञा घोषणा गर्ने प्र.जि.अ. को रुपमा र दोस्रो साँझ ४ बजे कोरोना सम्बन्धी आँकाडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको यी दुई विषयले मात्र जनताले कसरी सरकार रहेको अनुभृत गर्ने सक्छन् ।
कोरोनाको अहिलेको अवस्थामा नागरिकले सरकारको कुरा सुन्न छाडे भने देश ठूलो संकटमा फस्ने भन्दै देशलाई जानी जानी त्यस्तो संकटतर्फ नधकल्न आग्रह गदै सरकार र राजनीतिक नेतृत्वमा जिम्मेवारी बोध र ईमानदारिता भएमात्र समस्या हल भएर जाने उनको भनाइ रहेको छ  ।